सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा – Nepal Press

सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा

धनगढी। सुदूरपश्चिम प्रदेशमा आज शोक बिदा दिइएको छ ।  सुदूरपश्चिम सरकारले आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको  निधनमा शोक बिदा दिएको हो ।

हिजो मङ्गलवार सवारी दुर्घटनामा निधन भएका मन्त्री सिंहको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक तथा कानुन मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए ।

उनका अनुसार मृतक सिंहको निधनमा आज सुदूरपश्चिम प्रदेशका सरकारी तथा सार्वजनिक निकायमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने निर्णयसमेत भएको छ ।

गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना हुँदा मन्त्री सिंहसहित उनको धर्मपत्नी, भाउजूलगायतको निधन भएको थियो ।

सो दुर्घटनामा परी मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो भने गम्भीर घाइते मन्त्री सिंहको भने कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सुदूरपश्चिम सरकारले आज बिहान ९ बजे धनगढीको कभर्ड हलमा मन्त्री सिंहको श्रद्धाञ्जली सभासमेत राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *