नेपालले गुमायो तेस्रो विकेट – Nepal Press

नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं । जारी आईसीसी विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालका लागि चौथो नम्बरमा क्रिजमा आएका कप्तान रोहित पौडेल २६.१ ओभरमा निसार्ग पटेलको बलमा आउट हुँदा नेपाललाई तेस्रो झड्का लागेको हो । रोहित २९ बलमा १६ रन बनाएर पभेलियन फर्किए ।

यसअघि पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेख सौरभ नेट्राभल्करको शिकार बने । आसिफ १६ बल खेल्दै २ चौकाको मद्दतमा १२ रन बनाएर पभेलियन फर्किएका थिए ।

नेपाललाई राम्रो सुरुवात दिलाएका कुशल भुर्तेल १६.२ ओभरमा नोत्शउसको बलमा क्याच आउट भए । कुशल ५४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रनको योगदान गरेर आउट भए ।

अहिले नेपालले २६.५ ओभरमा ३ विकेट गुमाएर ११६ रन बनाएको छ । नेपाललाई जीतका लागि २३ ओभरमा ८६ रन आवश्यक छ । क्रिजमा भीम सार्की ३९ र कुशल मल्ल ७ रन बनाएर खेलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर