नेपालले दुवै ओपनर गुमायो – Nepal Press

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं । जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले दुवै ओपनर गुमाएको छ ।

अमेरिकाले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपालका लागि पाँचौं ओभरको अन्तिम बलमा आसिफ शेख सौरभ नेट्राभल्करको शिकार बने । आसिफ १६ बल खेल्दै २ चौकाको मद्दतमा १२ रन बनाएर पभेलियन फर्किएका थिए ।

नेपाललाई राम्रो सुरुआत दिलाएका कुशल भुर्तेल १६।२ ओभरमा नोत्शउसको बलमा क्याच आउट भए । कुशल ५४ बल खेल्दा ४ चौका र एक छक्का प्रहार गर्दै ३९ रन योगदान गरेर आउट भए ।

यो समाचार लेखिसक्दा नेपालले १७ ओभरको समाप्तिमा २ विकेट गुमाएर ७६ रन जोडेको छ । क्रिजमा कप्तान रोहित पौडेल र भिम सार्की छन् । अब नेपाललाई जितका लागि ३२।२ ओभरमा १ सय ३२ रन आवस्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर