राजनीति सफा गर्न विद्रोहदेखि फेरि एउटा नयाँ ध्रुविकरणमा आएका छौं : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

राजनीति सफा गर्न विद्रोहदेखि फेरि एउटा नयाँ ध्रुविकरणमा आएका छौं : प्रधानमन्त्री प्रचण्ड

काठमडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रुपान्तरणका निम्ति अपरिहार्य भएको बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा आयोजित प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै हरदम आफ्नो विचार, सोच र शैलीलाई सृजनात्मक ढंगले विकास गर्ने व्यक्तित्वको आफूले सँधै उच्च मूल्याङ्कन गर्ने गरेको बताए ।

उनले भने, ‘विगतदेखि कहिले विद्रोहमा, कहिले शान्ति सम्झौतामा त कहिले संविधानसभामा र अहिले पनि फेरि एउटा नयाँ ध्रुविकरण र प्रक्रियाको निम्ति सामाजिक रुपान्तरणको अभियानमा जारी राखेको पहल पनि नवीन सोचका कारण नै सम्भव भएको हो ।’

वर्तमान सरकारले सुशासनलाई जोड दिएको उल्लेख गर्दै सुशासन भनेको आफ्नै सोच र शैलीमा सुधार गर्दै आत्मसमिक्षा गर्ने विधि भएको बताए। उनले भने, ‘त्यसको लागि आफैंभित्र सबैभन्दा पहिला सुशासनको शुरुवात गर्नुपर्दछ ।’

नेपालमा कर्मचारी भित्र क्षमता, प्रतिभा र अनुभव सबै दृष्टिकोणले सक्षम कर्मचारीतन्त्र रहेको विश्वास व्यक्त गरे। स्थायी सरकारको रुपमा चिनिने कर्मचारीतन्त्रको सेवा प्रवाहको प्रभावकारिताले सरकारको मूल नेतृत्वको सफलता र असफलतालाई पनि प्रत्यक्ष रुपले प्रभावित हुने बताए ।

उनले भने, ‘हामी कहाँ जुन गतिमा सुशासनको प्रत्याभूति जनताले गर्नेगरि परिणाम दिनुपर्ने हो त्यस्तो त्यति हुनसकेको छैन । हामीसँग त्यो मानवीय शक्ति, क्षमता र अनुभव भएर पनि सिंगै समाजमा कहिले कहीँ विभिन्न खालका गलत विचार प्रवृतिहरु देखा पर्ने र हावी हुने हुन्छ । त्यसको असर सबैतिर पर्ने गरेको छ ।’

राजनीति धमिलियो भने कुनै न कुनै त्यसको असर सबैतिर पर्न जाने भएकाले त्यसको सफाइको सुरुआत गर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर