बालेन र हर्क साम्पाङको प्रशंसा गर्दै रविले भने- उहाँहरूबाट मैले प्रेरणा लिएको छु – Nepal Press

बालेन र हर्क साम्पाङको प्रशंसा गर्दै रविले भने- उहाँहरूबाट मैले प्रेरणा लिएको छु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ जनताको सेवक भएकाले मिलेर काम गर्न आग्रह गरे ।

उनले धरान उपमहानरका मेयर हर्क साम्पाङको प्रेरणाबाट चितवनमा अहिले पानी ल्याएको बताए ।

उनले भने, ‘हर्क साम्पाङले धरानमा ढुंगा बोक्ने अभियान सुरू नगरेको भए मलाई पानी ल्याउने कुरामा प्रेरणा मिल्ने थिएन । आज उहाँ विशेष कारणले उपस्थित हुन सक्नुभएन ।’

उनले काठमाडौं महानगरका मेयर बालेन शाहबाट पनि प्रेरणा लिएको बताए । रविले नयाँ र पुराना दलहरूबाट शिक्षा लिएर अघि बढ्नुपर्ने बताए । शिक्षा र स्वास्थ्यमा बालेनले गरेको कामबाट आफूलाई प्रेरणा मिलेको बताए ।

विस्तारै एकएक गर्दै देशलाई नै आत्मनिर्भर बनाउँदै जानुपर्ने बताए ।

उनले भने, ‘आज हामीले यहाँबाट एउटा अभियान थालौं । म चितवनवासीलाई आह्वान गर्न चाहन्छु । आजबाट चितवनमा विदेशबाट आएका माछा र केरालाई प्रवेश निषेध गरौं । हामी यही उत्पादनमा आत्मनिर्भर बनौं । हामी त्यसमा आत्मनिर्भर बन्न सक्छौं ।’

उनले चितवनको आफ्नो कार्यालयमा राख्न पाँच सयबाट एकजना सीईओ छानिसकेको बताउँदै चाँडै कार्यालय उद्घाटन गर्ने बताए । उनले सिइओको नाम नखुलाए पनि विदेशबाट सेवा सुविधा त्यागेर आएको व्यक्ति भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर