कर्णालीमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दै – Nepal Press

कर्णालीमा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीको संख्या घट्दै

काठमाडौं । कर्णाली प्रदेशमा सरकारी तथा सामुदायिक विद्यालयमा ४.०१ प्रतिशतले विद्यार्थी संख्या घटेको छ । भने निजी क्षेत्रका विद्यालयमा २२.२३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन अनुसार कर्णालीमा २०७९/८० को पुससम्म सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या ४.०१ प्रतिशतले घटेको र निजी क्षेत्रका विद्यालयमा २२.२३ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूको संख्या २ हजार ९६१ रहेको थियो ।

त्यस्तै, पुस मसान्तसम्ममा प्रदेशमा रहेका सरकारी सामुदायिक अस्पतालको संख्या र ती अस्पतालहरूमा रहेका शैयाहरुको संख्यामा क्रमशः ८ ७० प्रतिशत र १.३२ प्रतिशतको वृद्धि भएको छ ।

त्यस्तै चिकित्सकहरूको संख्यामा २.२२ प्रतिशतले वृद्धि भएको छ । भने आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तमा चिकित्सकको संख्यामा २१.६२ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा अवधि सम्ममा जम्मा २५ वटा सरकारी सामुदायिक अस्पताल र ९२१ वटा शैयाहरु रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर