उपप्राध्यापक प्रेम चलाउने त्रिविमा बसे आमरण अनसन – Nepal Press

उपप्राध्यापक प्रेम चलाउने त्रिविमा बसे आमरण अनसन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आमरण अनसन सुरु गरेका छन् ।

मरणासन्न हुने गरी कुटपिट गरेका नेपाल विद्यार्थी संघका नेताहरुको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध उनले त्रिवि उपकुलपतिको कार्यालयमा आमरण अनसन थालेका हुन् ।

जिल्ला अदालत काठमाडौंमा धर्ना बस्न खोज्दा प्रहरीले धपाएपछि उपप्राध्यापक चलाउने त्रिविमा अनसन बसेका छन् ।

करिब ३ वर्ष अगाडि उनलाई नेविसंघका कार्यकर्ताले कुटेर घाइते बनाएका थिए । कुटपिट गर्नेमाथि चलाएको मुद्दा फिर्ता लिने सरकारको निर्णयको विरोधमा अनसन सुरु गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *