यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, अहिलेदेखि बर्बराउन पर्दैन: उपेन्द्र यादव (भिडिओ) – Nepal Press

यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, अहिलेदेखि बर्बराउन पर्दैन: उपेन्द्र यादव (भिडिओ)

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैप्रति लक्षित नबनेको भएकाले अहिलेदेखि नतर्सिन आग्रह गरेका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चा घोषणाअघि नै केही व्यक्तिहरु बर्बराउन थालेको बताए ।

उनको भनाइ जस्ताको तस्तै

चार दल मिलेर साझा कुराहरुमा हामी अगाडि बढ्छौं । दलहरुको आआफ्नो विचार र दृष्टिकोण छन् । तर, साझा मुद्दालाई लिएर अगाडि बढ्छौं । यो मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क हुनुपर्छ । हुन त मोर्चा र गठबन्धन बन्दै भत्किँदै गरेकाले के हो, कसो हो भन्ने लागेको पनि हुनसक्छ ।

त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै निश्चित उद्देश्य प्राप्तिका लागि वैचारिक राजनीतिक रुपमा अगाडि बढाएका हौं । यो आफ्नो लक्ष्यअनुसार बढ्नेमा ढुक्क छौं । यो मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्दैन । हामी परिवर्तन र राष्ट्र निर्माणमा अघि बढ्छौं । यो कसैको विरुद्धमा लक्षित छैन ।

केही साथीहरु अघि नै बर्बराउन थालेको देख्छु । हामी देश र जनताको लागि सहकार्य र सहयोगको आधारमा अगाडि बढ्छौं । तर, प्रतिगमनकारी शक्तिहरु जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल खेलेका छन्, तिनका विरुद्ध यो मोर्चा होमिनेछ । आवश्यक परे संघर्ष पनि गर्छ ।


प्रतिक्रिया

One thought on “यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, अहिलेदेखि बर्बराउन पर्दैन: उपेन्द्र यादव (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर