गेटामा विश्वविद्यालय मागको आन्दोलनमा प्रहरीको ज्यादती, समातिए तीनजना – Nepal Press

गेटामा विश्वविद्यालय मागको आन्दोलनमा प्रहरीको ज्यादती, समातिए तीनजना

कैलाली । कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै भइरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको छ ।

गेटा अस्पतालको अनुगमन गर्न गएका आन्दोलनकारीलाई प्रहरीले बल प्रयोग गरी बाहिर निकालेको विश्व विद्यालय स्थापनार्थ गठित संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।

गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीसँग कुराकानी गर्न गएका आन्दोलनकारीहरूलाई प्रहरीले बल प्रयोग गरेर बाहिर निकालेको उनले बताए ।

‘उहाँको (डाक्टर जोशीको) कार्यकक्षमा अस्पताल सञ्चालनको अवस्थाबारे बुझ्न गएका थियौ तर, उहाँ आउनु भएका उनले भने प्रहरीले बल प्रयोग गरेर हामीलाई बाहिर निकाल्यो’, उनले भने ।

यसैबीच आन्दोलनकारीले ४ बजे देखि ५ बजेसम्म सरकारी सवारी साधन अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा तीन जनालाई पक्राउ गरिइएको सह संयोजक भट्टले जानकारी दिए । उनका अनुसार विनोद विष्ट, पुष्कर जोशी र सूर्य खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।

तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *