शैक्षिक मेला रोकेर महानगरले ज्यादती देखायो : हिसान – Nepal Press

शैक्षिक मेला रोकेर महानगरले ज्यादती देखायो : हिसान

काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जाल (हिसान) ले शैक्षिक मेला रोक्नु काठमाडौं महानगरले ज्यादती गरेको बताएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुमति र जिल्ला प्रशासन कार्यालय तथा काठमाडौं महानगरपालिकालाई जानकारी दिएर सुरू भएको मेला कुनै लिखित जानकारीविना नै महानगरले कर्मचारी र सुरक्षाकर्मीको साथमा बन्द गराउनु न्यायोचित नभएको बताएको छ ।

हिसानका उपाध्यक्ष युवराज शर्माले काठमाडौं महानगरपालिकाका प्रहरीहरूले माथिको आदेश भनी हस्तक्षेप गरी मेला सञ्चालनमा अवरोध गरी विद्यार्थी र अभिभावकको सुसूचित हुने अधिकार वञ्चित गराएको
बताए ।

उनले भने, ‘सभामुख देवराज घिमिरेको उपस्थितिमा उद्घाटन भइसकेको मेला दिउँसो अचानक गैरकानूनी ढंगले काठमाडौं महानगरपालिकाका प्रहरीहरूले माथिको आदेश भनी हस्तक्षेप गराएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । ज्यादतीपूर्ण हस्तक्षेपको घोर भर्त्सना गर्दछौं ।’

महानगरको यो कदमले शिक्षा जगतलाई नै तरंगित र आतंकित बनाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *