बाढीपहिरोको क्षतिबारे सरकार जानकार छ, हेवा खोलामा १० दिनभित्र बेलिब्रिज लाग्छ : मन्त्री ज्वाला – Nepal Press

बाढीपहिरोको क्षतिबारे सरकार जानकार छ, हेवा खोलामा १० दिनभित्र बेलिब्रिज लाग्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि थालनी गरिने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा बोल्दै संखुवासभा र पाँचथरको उत्तरी क्षेत्रमा आएको बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजै देखि थालनी गरिने बताए ।

उनले भने, ‘सरकारले बाढीको कारण अवरुद्ध सडक खुला गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको छ । बाढीपहिरोको कारण भौतिक पूर्वाधार सडक र पुलको मात्रै करिब ५० करोड र केही मानवीय क्षती भएको छ ।

उनले क्षति भएको हेवा खोलाको पुल भत्किएको ठाउँमा १० दिनभित्रमा बेलिब्रिज जडान गर्नेगरी कामलाई अघि बढाएको बताए ।

बाढीको कारण क्षति भएको विभिन्न स्थानको अवरुद्ध भएको सडक खुलाउनको लागि सडक डिभिजन कार्यालय इलाम, यान्त्रिक कार्यालय फिदिम, तमोर करिडोर योजना कार्यालय र मध्यपहाडी सडक कार्यालयका पदाधिकारीहरुलाई मन्त्रालयले निर्देशन दिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *