चुरे संरक्षण दिवस मनाइयो – Nepal Press

चुरे संरक्षण दिवस मनाइयो

काठमाडौं । नवौँ चुरे संरक्षण दिवस विभिन्न कार्यक्रमको आयोजना गरी देशै भरी मनाइएको छ ।

राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति र सम्बन्धित निकायले चुरे आसपासका क्षेत्रमा वृक्षारोपण तथा जनचेतनाका विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् ।

सरकारले २०७१ असार २ गते समितिको गठन गरेको थियो । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सरकारको प्रकृति संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो ।

दिवसका अवसरमा डिभिजन वन कार्यालय उदयपुरको आयोजना तथा डिभिजन वन कार्यालय हडिया सुन्दरपुरको समन्वयमा जिल्लाकै ठुलो नदी त्रियुगा नदीको उकास जग्गा आसपासका क्षेत्रमा वृक्षारोपण गरिएको छ ।

चौदण्डीगढी नगरपालिका १० स्थिति महाभारत सामुदायिक वन उपभोक्ता समितिको हाताभित्रको नदी उकास रहेको २० हेक्टर जग्गामा खयर, अमला र टिक जातको बिरुवा रोपेर दिवस मनाइएको हो ।

दिवस अन्तर्गत नै झन्डै एक हेक्टर जमिनमा खयरको बिउ मैकै रोपेझैँ रोपिएको छ ।

पूर्वी नेपालको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३७ वटा जिल्लामा फैलिएको चुरे कूल भू–भागको १२ दशमलव ७८ प्रतिशत क्षेत्रमा फैलिएर रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *