बेलारुसमा आणविक हतियार लगेको पुटिनको प्रष्टीकरण – Nepal Press

बेलारुसमा आणविक हतियार लगेको पुटिनको प्रष्टीकरण

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले रुसबाट बेलारुसमा आणविक हतियार लगिएको प्रष्ट पारेका छन् । आगामी समर सिजनभित्र सबै हतियार ओसारी सकिने पुटिनले खुलाएको बिबिसीले उल्लेख गरेको छ।

रुसको रणनीतिक मित्र तथा छिमेकी देश बेलारुसमा आणविक हतियारको पहिलो किस्ता लगिएको पुटिनले बताएको बिबिसीले उल्लेख छ। बिबिसीका अनुसार पुटिनले‘ट्याक्टिकल’ हतियार लगेका हुन् ।

पुटिनले बेलारुसमा आणविक हतियार लगेपनि तत्काल प्रयोग गर्ने सम्भावना नभएको अमेरिकी प्रतिक्रिया आएको छ। पुटिनले आणविक हतियार लगेको खुलाएपछि प्रतिक्रिया दिदैँ अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कनले भनेका छन्, ‘रुसले आणविक हतियार प्रयोग गर्ने हामीले कुनै संकेत पाएका छैनौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *