आठ अर्बले घट्यो बागमती प्रदेशको बजेट, ६२ अर्ब ७० करोड ९० लाख विनियोजन – Nepal Press

आठ अर्बले घट्यो बागमती प्रदेशको बजेट, ६२ अर्ब ७० करोड ९० लाख विनियोजन

हेटौंडा । बागमती प्रदेशको बजेट ८ अर्बले घटेको छ । बागमती प्रदेशसभामा आज आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ विनियोजन गरेका हुन् ।

चालू आर्थिक वर्षमा ७० अर्ब ९३ करोड ९२ लाखको बजेट रहेकोमा आउँदो आर्थिक वर्षमा सरकारले ८ अर्ब बढी बजेट कम गरी विनियोजन गरेको हो ।

सरकारले चालूतर्फ २६ अर्ब ७० करोड २७ लाख ७० हजार, पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार तथा वित्तीय व्यवस्थापनतर्फ ५० करोड बजेट विनियोजन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर