कर्णालीमा पनि आज बजेट भाषण – Nepal Press

कर्णालीमा पनि आज बजेट भाषण

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक २०८०/८१ को बजेट आज ल्याउँदैछ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले ३३ अर्ब हाराहारीको बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

कर्णालीमा चालू आर्थिक वर्षमा ३२ अर्ब ६१ करोड ६१ लाख रूपैयाँको बजेट ल्याइएको थियो । यो पटक संघीय अनुदान बढेर आएकाले आगामी बजेटको आकार थोरै बढ्ने बताइएको छ ।

प्रदेश सरकारले वर्षमा १० हजार जनालाई रोजगारी दिने महत्वकांक्षी योजना नीति तथा कार्यक्रममा समावेश गरेको गरेको छ । बजेटमा पनि उत्पादन र रोजगारीलाई प्रमुख प्रथामिकता दिइएको अर्थमन्त्रीनिकट स्रोतले बतायो ।

बजेटमा टुक्रे योजना हटाएर दीर्घकालीन महत्वका योजनालाई बजेटमा प्राथामिकता दिइने भएको छ । नयाँ बजेटमा १५ लाख भन्दा कमका योजना समावेश नगरिने बताइएको छ । नगद अनुदान साथै कृषि र सामाजिक क्षेत्रको कार्यक्रम कटौतीमा परेका छन् ।

प्रदेश सरकारले प्रत्येक सांसदलाई ४ करोड रूपैयाँबराबरको योजना छनोट गर्न पाउने अधिकारसहित सांसद विकास कोष पनि ब्यूँताउने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर