समाजवादी मोर्चा- आलोपालो नेतृत्व, बाबुराम अनिश्चित हुँदा वामदेवलाई ल्याउने प्रयास – Nepal Press

समाजवादी मोर्चा- आलोपालो नेतृत्व, बाबुराम अनिश्चित हुँदा वामदेवलाई ल्याउने प्रयास

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लामो कसरतपछि घोषणा गर्न लागिएको समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुने भएको छ । मोर्चाको नेतृत्व सहभागी सबै दलबीच आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटिसकेको हो ।

तत्काल पार्टी एकताको सम्भावना नभएपछि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपाबीच मोर्चा घोषणा हुने निश्चित भइसकेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।

उनले भने, ‘माओवादी, जसपा, नेकपा एस, विप्लव नेतृत्वको नेकपाबीच मोर्चा घोषणा गर्ने निश्चित भइसक्यो । वामदेव गौतमको पार्टीलाई पनि ल्याउनेबारे छलफल भइरहेको छ । टुंगो भइसकेको छैन ।’

उनले मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने बताए ।

यो पनि पढ्नुस् – संसदमा ५४ सीटको नेतृत्व गर्दै प्रचण्ड, भोलि समाजवादी केन्द्र घोषणाको तयारी

उनले भने, ‘मोर्चाको संयोजक समिति हुन्छ त्यसमा प्रत्येक पार्टीबाट तोकिएबमोजिकमा व्यक्तिहरु रहन्छन्। सुरुमा भएकाहरुमध्येको सबैभन्दा ठुलो माओवपादीने मोर्चाको नेतृत्व गर्छ। दोस्रोमा जसपाले, तेस्रोमा नेकपा एसहुँदै आलोपालो नेतृत्व हुन्छ ।’

उनले भोलि मोर्चा घोषणाको तयारी भइरहेपनि कहाँ कतिबेला भन्ने नटुंगिएको बताए । बाबुराम नेतृत्वको नेसपालाई मिलाउने जिम्मा माओवादीकै भएको बताए । उनले भने, ‘उहाँहरू गत चुनावमा पनि एउटै चुनाव चिन्हबाट लड्नुभएको हो ।’

समाजवादी केन्द्र घोषणाबारे डा. भट्टराईसँग बिहीबार दिउँसोसम्म केही छलफल नभएको बुझिएको छ । बाबुराम पछिल्लो समय प्रधानमन्त्री प्रचण्डसँग सन्तुष्ट छैनन् ।

यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।


प्रतिक्रिया

2 thoughts on “समाजवादी मोर्चा- आलोपालो नेतृत्व, बाबुराम अनिश्चित हुँदा वामदेवलाई ल्याउने प्रयास

  1. सिद्धिन लागेक कवाडीहरूको मोर्चाले केही नाप्दैन । प्रचण्डको सत्ता लम्बाउने चाल ।

  2. शुरुमै ग्रहण लागेजस्तो छ यो मोर्चामा। चित्र बहादुर केसि लाई पनि ल्याएमा ५५ सिट हुन्छ। वामदेव एमालेमा जान मोलमोलाइ गर्दै छन् । यो मोर्चा ४/५ महिना जनतन जाला कि ! फेरि कसको अपमान भयो भनेर निस्कने हुन् । जनताले पत्याउनै सक्दैनन् यी स्वार्थिहरुलाई। गौर हत्याकान्डका दुबै पक्ष मिल्ने भएछन् ।गौरका माधव नेपाल साक्षी बस्ने । कति सम्म हो जनतालाई ठग्ने पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर