शंकरदासले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ – Nepal Press

शंकरदासले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौं । निवर्तमान मुख्यसचिव शंकरदास वैरागीले राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैरागीलाई पद तथा गोपनीयताको शपथ गराए ।

शपथ ग्रहण समारोहमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ अन्य मन्त्रीहरू सहभागी थिए ।

बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले असोजमा अवकाश हुन लागेका वैरागीलाई राजीनामा गर्न लगाएर मन्त्रीसरहको सुविधा दिने गरी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको थियो ।

भोलिबाट अनिवार्य अवकाशमा जाने तयारीमा रहेका वैकुण्ठ अर्याललाई भने सरकारले मुख्य सचिव बनएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर