लमजुङस्थित एक रेष्टुरेन्टबाट एक लाखसहित ७ जुवाडे पक्राउ – Nepal Press

लमजुङस्थित एक रेष्टुरेन्टबाट एक लाखसहित ७ जुवाडे पक्राउ

लमजुङ । लमजुङमा एक लाख रुपैयाँसहित ७ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङले दोर्दी गाउपालिका वडा नं. ४ शेरास्थित ए वान रेष्टुरेन्टबाट उनीहरुलाई एक लाख एक हजार ६२५ रुपैयाँसहित पक्राउ गरेको हो ।

कार्यालयबाट खटिएको विशेष टोलीले दोर्दी गाउपालिका वडा नं. ४ शेरास्थित पर्शुराम गुरुङको रेष्टुरेन्टमा हार जितको बाजी राखी जुवा(तास) खेलिरहेका छन् भन्ने सूचनाको आधारमा मंगलबार साँझ ५ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोर्दी गाउँपालिकाअन्तर्गत घर भएका लिल बहादुर गुरुङ, राम अधिकारी, निल बहादुर गुरुङ, प्रेम कुमार राना, केश राना, कुमार गुरुङ र घरधनी पर्शुराम गुरुङ सहित ७ जना रहेका छन् ।

उनीहरुले अनलाइन (मोबाईल बैंकिङ) बाट रकम भुक्तानी गरेको देखिन आएको हुँदा सो तर्फ समेत आवश्यक अनुसन्धान अगाडी बढाई बुधबार जिल्ला प्रशासन कार्यालय, लमजुङबाट जुवा सम्बन्धी कसूरमा दिन पाँचको म्याद थप गरिएको छ लमजुङ प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४, बमोजिम पहिलो पटक जुवा खेल्ने खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना हुने गरी बरामदी रकम समेत जफत हुने, दोस्रो पटक जुवा खेल्ने खेलाउनेलाई पटकै पिच्छे थप तीन महिनासम्म कैद वा दश हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *