प्रधानमन्त्री प्रचण्डको दाबी- देश समृद्धिको युगमा प्रवेश गरिसकेको छ – Nepal Press

प्रधानमन्त्री प्रचण्डको दाबी- देश समृद्धिको युगमा प्रवेश गरिसकेको छ

सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको एकतालाई बलियो बनाउन, राष्ट्रको विकास र समृद्धिलाई नयाँ गतिमा अघि बढाउनका आफू अग्रसर रहेको बताएका छन् ।

दैलेखको दुल्लु नगरपालिका-१२ दह गाउँमा कूल शिरोमणि दाशुको प्रतिमा (सालिक) अनावरण कार्यक्रममा बोल्दै उनले पहिलो पटक प्रधानमन्त्री हुँदा एकीकृत विकास गर्ने सपना देखेको बताएका हुन् । त्यस्तै, दोस्रो पटक प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण काम गर्न सकेँको दाबी गरे ।

उनले भने, ‘अहिले तेस्रो पटक आर्थिक सङ्कटको बेला प्रधानमन्त्री भएँ पनि आर्थिक सङ्कटलाई समाधान गर्दै सुशासनको पक्षमा नयाँ सङ्कल्प सहित अघि बढेको छु ।’

‘देशमा समृद्धिको युगको सुरुवात भएको बताएका छ । १० हजार मेगावाट विद्युत् बिक्री गर्ने सहमति भएको छ । अन्य रणनीतिक गतिविधि अघि बढिसकेकाले देश समृद्धिको युगमा प्रवेश गरिसकेको छ’, प्रधानमन्त्री प्रचण्डले भने ।

देशमा आर्थिक सङ्कट समाधान, राष्ट्रको एकता, जनताको पक्षमा रहेर राष्ट्रको समृद्धितर्फ अग्रसर रहेको प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्ड दाहालहरूको उत्पत्ति थलोमा पहिलो पटक पुगेका हुन् ।

यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदी भूमिका रूपमा चिनिन्छ । दाशुले सुरुमा बसोबास गरेको स्थान दह गाउँलाई दाशु तीर्थस्थल र पर्यटकीय स्थलको रूपमा विकास गर्न थालिएको छ ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री प्रचण्डको दाबी- देश समृद्धिको युगमा प्रवेश गरिसकेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर