नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने संविधान सभा सदस्य शर्माको घोषणा (भिडिओ) – Nepal Press

नागरिकताविहीनको न्यायका लागि सत्याग्रह बस्ने संविधान सभा सदस्य शर्माको घोषणा (भिडिओ)

जनकपुरधाम । संविधानसभा सदस्य रामकुमार शर्माले नेपाली भएर पनि अनागरिक बनेका युवाहरुको न्यायका लागि असार १ गतेबाट सत्याग्रह बस्ने घोषणा गरेका छन् ।

जनकपुरधाममा उनले बुधवार पत्रकार सम्मेलन गरी माइतीघर मण्डलामा असार १ गतेबाट सत्याग्रह बस्ने घोषणा गरेका हुन् । नागरिकता विहिनहरुको पीडामा सहयोग गर्नुपर्छ सोचेर सत्याग्रहमा बस्ने निर्णय लिएको उनले बताए ।

दुईटै सदनबाट पास भएको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्दा राजपत्रमा समेत प्रकाशित भइसकेको अवस्थामा षड्यन्त्र गरी अदालतमा रिट हालेर नागरिकता वितरण रोकिएकामा उनले दुःख व्यक्त गरे ।

उनले भने, ‘नागरिकता नपाएकै कारण १० लाख यूवा बेरोजगार छन् । उनीहरु ठूलो समस्या झेलिरहेका छन् । त्यसैले अविलम्ब नागरिकता समस्या समाधान हुनुपर्छ । सर्वोच्च अदालतले पनि न्याय गर्नुपर्छ ।’

वृहत्तर जनकपुर क्षेत्र बिकास परिषद्का पूर्व अध्यक्ष समेत रहेका शर्माले तत्काल नागरिकता समस्या समाधान नभए राष्ट्रिय एकतामाथि नै खतरामा पर्ने र देशमा द्धन्द्ध र हिंसा बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर