प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भाेलिकाे बैठकमा बोलाउने संसदीय समितिको निर्णय – Nepal Press

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भाेलिकाे बैठकमा बोलाउने संसदीय समितिको निर्णय

काठमाडौं । प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिको बैठकमा भोलि बिहान ८ बजे प्रस्तावित प्रधानन्यायाधिश हरिकृष्ण कार्कीलाई बोलाइने भएको छ । आज उजुरीकर्ताहरुसँग छलफलपछि भोलि कार्कीलाई बोलाउने निर्णय भएको समितिका सदस्य ज्ञानेन्द्र कार्कीले बताए ।

कार्कीको कार्ययोजना प्रस्तुत गर्नका लागि आमन्त्रण गरिएको बताए ।

आज २९ जना उजुरीकर्तामध्ये ७ जनालाई व्यक्तिगत र अरुलाई सामूहिक रुपमा छलफल गरेको उनको भनाइ छ । आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् । उनलाई भोलिको बैठकले प्रधानन्यायाधिशमा अनुमोदन गर्ने बताइएकाे छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *