पार्टी छोडी स्वतन्त्रबाट जनकपुरधामको मेयर बनेका साहलाई कांग्रेसद्वारा कारबाही फुकुवा – Nepal Press

पार्टी छोडी स्वतन्त्रबाट जनकपुरधामको मेयर बनेका साहलाई कांग्रेसद्वारा कारबाही फुकुवा

जनकपुरधाम । स्वतन्त्रबाट चुनाव जितेर जनकपुरधामको मेयर बनेका मनोज साहलाई गरेको कारबाही नेपाली कांग्रेसले फुकुवा लिएको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले साहको साविकको पद (नगर सभापति)लाई निरन्तरता दिंदै कारबाही फुकुवा गरेको विज्ञप्तीमा मार्फत जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हिजोका आफ्ना गतिविधिलाई आत्मसात गर्दै पार्टीको आदर्श, सिद्धान्त र उद्देश्यअनुसार क्रियाशील रहने गरी ०८०/०२/२९ मा निवेदन दिई पार्टीमै रहने प्रतिवद्धता व्यक्त गर्नु भएकोले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अनुमोदन गर्ने गरी निजको साविकको पदलाई निरन्तरता दिदै कारवाही फुकुवा गरिएको व्यहोरा जानकारी गराइन्छ ।’

टिकट नदिएको झोकमा साहले स्वतन्त्रबाट मेयरमा चुनाव लडेपछि कांग्रेसले साधारण सदस्य समेत नरहनेगरी उनलाई कारबाही गरेको थियो ।

मेयरमा निर्वाचित भएदेखि नै साह कांग्रेस नेताहरुसँग सम्पर्कमा थिए । कांग्रेसका हरेक गतिविधीमा सहभागी हुने गरेपनि उनलाई पार्टीले एक वर्षपछि कारबाही फुकुवा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर