रुपन्देहीको दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते – Nepal Press

रुपन्देहीको दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ३ शान्तिकुञ्जमा शनिवार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको स्कारपियो गाडी सिद्धार्थ राजमार्ग अन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्तिकुञ्जमा दुर्घटना हुँदा गाडी चालकको मृत्यु भएको हो ।

बा २० च १४३८ नम्बरको स्कारपियो चालक अर्घाखांची छत्रगञ्ज गाउँपालिका वडा नम्बर ८ का विकास श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार वर्ष ३२ का चालक विकास श्रेष्ठको उपचारको क्रममा बुटवलको चौराह अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी वर्ष ३१ का विज्ञान श्रेष्ठ, वर्ष ४९ का सुरेन्द्र श्रेष्ठ वर्ष १८ का विप्लव श्रेष्ठ, वर्ष १७ का शुर्दसन श्रेष्ठ र वर्ष ३५ का विशाल पन्थी घाइते भएका छन् ।

घाइते पाँचै जनाको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । गाडी अनियन्त्रित भएर सडकको विद्युत् पोलसँगै वालमा ठोक्किएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *