चर्च ब्वाइजले डेब्यू सिजनमै ए डिभिजन लिगको ट्रफी उचाल्दा… – Nepal Press

चर्च ब्वाइजले डेब्यू सिजनमै ए डिभिजन लिगको ट्रफी उचाल्दा…

काठमाडौं । चर्च ब्वाइज यूनाइटेड बी डिभिजनबाट बढुवा भएकै सिजन शीर्ष डिभिजनको च्याम्पियन बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत मंगलबार सम्पन्न २५औं चरणको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेपनि एक खेल अगावै च्याम्पियन बनेको थियो ।

२०६६ सालमा स्थापना भएको चर्चब्वाइज ७७ सालमा सी डिभिजन छनोटको च्याम्पियन बनेको थियो । त्यसपछि २०७८ मा सी डिभिजनको च्याम्पियन हुँदै बी मा बढुवा भएको चर्चब्वाइजले ७९ सालमा बी डिभिजन च्याम्पियन हुँदै शीर्ष डिभिजनमा छनोट भएको थियो । र, २०८० मा ए डिभिजन लिगको नयाँ च्याम्पियन बन्यो ।

शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजनमै लिग च्याम्पियन हुने चर्च ब्वाइज दोस्रो क्लब हो । यसअघि, २०४३ सालमा मनाङ मर्स्याङदी क्लबले उपाधि जितेको थियो ।

मनाङ २०४० सालदेखि लगातार डी, सी र बी डिभिजन हुँदै २०४३ सालमा ए डिभिजन च्याम्पियन बनेको थियो । मनाङको सोहि कीर्तिमान बराबरी गर्दै चर्चब्वाइज ए डिभिजन च्याम्पियन बन्यो । चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बन्यो ।

चर्च ब्वाइजको २६ खेलमा १३ जित ९ बराबरी र ४ हारको नतिजासहित ४८ अंक जोडेर च्याम्पियन बनेको हो ।

यस्तै, २६ खेलमा ५० लाख १२ जित ९ बराबरी र ५ हारको नतिजासहित ४५ अंक जोडेर दोस्रो भएको साविक विजेता मछिन्द्र फुटबल क्लबले ५० लाख र १२ जित ५ बराबरी र ९ हारको नतिजासहित ४१ अंकसहित तेस्रो भएको नेपाल पुलिस क्लबले २५ लाख पाएको छ ।

तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर