कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु – Nepal Press

कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु

कैलाली । कञ्चनपुरमा नहरमा डुबेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका १५ गोबरियामा नहरमा डुबेर स्थानीय ३५ वर्षीय भुवनराज भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

आफ्नै खेतमा पानी लगाउन गएका बेला उनी नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।

केही बेर सम्म पनि उनी घर नफर्किएपछि उनीको खोजी भएको थियो । त्यही क्रममा नहरमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर