शान्तिनगरमा ‘ओखल अर्गानिक मार्ट’ – Nepal Press

शान्तिनगरमा ‘ओखल अर्गानिक मार्ट’

काठमाडौं । तीन जना युवाहरूले काठमाडौंमा ओखल आधुनिक कृषि केन्द्र सञ्चालनमा ल्याएका छन् ।

काठमाडौंको शान्तिनगरस्थित नगेन्द्र कान्छा चोकमा शनिवारदेखि आधुनिक कृषि केन्द्र सञ्चालनमा आएको हो ।

एमबीए गरेका तीन युवा पुष्कर काफ्ले, लक्ष्मण बजगाईँ र रजत भट्टले ओखल अर्गानिक मार्ट सुरु गरेका हुन् ।

जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत विकट क्षेत्रमा पाइने अर्गानिक सामान राष्ट्रिय तथा अन्तर्राष्ट्रय क्षेत्रमा चिनाउन केन्द्र सञ्चालनमा ल्याइएको बजगाईँले बताए । उनका अनुसार केन्द्रमा जुम्ला, हुम्ला, डोल्पा, मुगुलगायत जिल्लाका अर्गानिक सामान उपलब्ध छन् ।

उनका अनुसार मार्टमा अर्गानिक यार्सागुम्बा र ओखरलगायत जुम्लाको मार्सी चामल, स्याउको सुकुटी,जौको पिठो र च्याख्ला, डोल्पाको कागुनु चामल, जाजरकोटको सेतो मकैको पिठो र च्याख्ला, मुगुको कोदोको पिठो पाइन्छ ।

त्यस्तै मुगुको जिम्बु, रुकुम, दाङ, जाजरकोट, हुम्लाको लोकल मह, जुम्लाको मिक्स सिमी, फापरको पिठो, दाते ओखर, सिस्नु, मासलगायत पाइने उनको भनाइ छ ।

आफैँ केही गर्नुपर्छ भन्ने सोचका साथ कृषि केन्द्र सञ्चालनमा ल्याएको उनले बताए ।

ओखलका सीइओ काफ्लेले युवाहरू विदेश जाने होड चलेका बेला आफूहरूले देशमै केही गर्ने योजना बनाएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर