जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु – Nepal Press

जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

सुर्खेत । जाजरकोटमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु‌ हुनेमा भेरी नगरपालिका- १३ का नरबहादुर बस्नेतका ८ वर्षीय छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका ९ वर्षीय छोरा प्रमोद बस्नेत रहेका छन् ।

उनीहरूको खानेपानी तथा सिँचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका थिए ।‌ सोही क्रममा डुबेर‌ उनीहरूको मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *