अंग्रेजी नामको हिज्जे एकिन गरेर सात दिनभित्र पठाउन सबै स्थानीय तहलाई परिपत्र – Nepal Press

अंग्रेजी नामको हिज्जे एकिन गरेर सात दिनभित्र पठाउन सबै स्थानीय तहलाई परिपत्र

काठमाडौं । सरकारले सबै स्थानीय तहलाई अंग्रेजी नामको हिज्जे एकिन गरेर पठाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई सात दिनभित्रमा मन्त्रालयमा पठाउन परिपत्र गरेको हो ।

मन्त्रालयले नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न सार्वजनकि निकायले स्थानीय तहको अंग्रेजी नाम लेख्दा नागरिकता प्रमाणपत्र तथा राहदानी प्रमाणपत्र लगायतका सरकारी कागजातमा फरक हिज्जे भएर नागरिकले बारम्बार समस्या झेल्न परेको अवस्था आएपछि परिपत्र गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानीय तहको अंग्रेजी नामको हिज्जेमा एकरुपता कायम गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *