शहरिया सांसदले विकास कोषको रकम फोहोर व्यवस्थापनका लागि बालेन शाहलाई दिए हुन्छ: बजगाईं – Nepal Press

शहरिया सांसदले विकास कोषको रकम फोहोर व्यवस्थापनका लागि बालेन शाहलाई दिए हुन्छ: बजगाईं

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले सांसद विकास कोषको नामबाट चर्चित निर्वाचन क्षेत्र विकास कोष दुर्गमका जिल्लाहरुका लागि अत्यावश्यक रहेको भन्दै शहरी क्षेत्रका सांसदले फोहोर व्यवस्थापनमा लगाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै गोरखा १ बाट निर्वाचित सांसद बजगाईंले विकास कोषको बारेमा लोकरिझ्याइँ गर्ने सांसदहरुप्रति लक्षित गर्दै त्यस्ता सांसदले बालेन शाहलाई फोहोर व्यवस्थापनका लागि कोषको रकम दिन सुझाए ।

उनल भने, ‘निर्वाचन क्षेत्र विकास कोषमा सांसदको तजिविज चल्दैन, शहरिया सांसदहरुलाई आवश्यक नरहन सक्छ, उहाँहरुले काठमाडौंको फोहोर रिसाइकलका लागि काठमाडौंका मेयर बालेन शाहलाई सहयोग गर्न सक्नुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर