५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ – Nepal Press

५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत् अधिकृत छैठौं तहका ल्याव टेक्निसियन लेखनाथ भट्टराई घुसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट नियन्त्रणमा लिइएको हो ।

भट्टराईले ल्याव दर्ता प्रक्रियाका लागि सहजीकरण गरिदिने भन्दै घुस मागेको अख्तियार स्रोतले बताएको छ ।

घुस रकमसहित नियन्त्रणमा लिइएका भट्टराईमाथि आवश्यक छानबिन भइरहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *