मुकुन्द न्यौपानेसहित एमालेका मनोनीत १३ केन्द्रीय सदस्यले लिए शपथ (तस्बिरहरू) – Nepal Press

मुकुन्द न्यौपानेसहित एमालेका मनोनीत १३ केन्द्रीय सदस्यले लिए शपथ (तस्बिरहरू)

काठमाडौं । नेकपा एमालेले मनोनीत गरेको १३ जना केन्द्रीय सदस्यहरुको शपथ ग्रहण गराएको छ। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले शपथ गराएका हुन् ।

गत शुक्रबार बसेको केन्द्रीय सचिवालयको बैठकले एकीकृत समाजवादीबाट एमालेमा फर्किएका मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

आज अध्यक्ष ओलीले नेता न्यौपानेसहित प्रेमबहादुर सिंह, भागवत विश्वासी, चुणामणि जंगली, हेमराज राई, ठम्मर विष्ट, अजय गुप्ता, एकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार, सुरेन्द्र मानन्धर, उमाशंकर अरगरियालाई शपथ गराए ।

कार्यक्रममा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर