तोलामा १ हजारले घट्यो सुनको मूल्य – Nepal Press

तोलामा १ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको जनाएको छ । मूल्य सूची तय गर्दै महासंघले बुधवारको तुलनामा बिहीबार मूल्य घटेको जानकारी दिएको हो ।

यससँगै  छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँ तय भएको जनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधवार यसको मूल्य तोलामा १४ सय २० रुपैयाँ कायम थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर