नयाँ सरकार गठन गर्न राजीनामा दिन मुख्यमन्त्रीलाई कोशी कांग्रेस संसदीय दलको आग्रह – Nepal Press

नयाँ सरकार गठन गर्न राजीनामा दिन मुख्यमन्त्रीलाई कोशी कांग्रेस संसदीय दलको आग्रह

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको आज बसेको बैठकले लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मासात गर्दै अल्पमतमा रहेको सरकारले नैतिक रूपमा राजीनामा दिन आग्रह गरेको हो ।

बैठकले लोकतान्त्रिक मान्यता अनुरूप आगामी सरकार निर्माण गर्न मार्ग प्रशस्त गर्न राजीनामा दिनुपर्ने जिकिर गरेको छ । बैठकपछि विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बजेटको समयमा अल्पमतमा परेको सरकारले राजीनामा दिनुको साटो प्रदेश सभाको अधिवेशन स्थगन गर्नुले सरकार गैरजिम्मेवार भएको बताए ।

उनले विज्ञप्तिमा प्रदेशमा अझ झन् समस्या थप्न तिर सरकार उद्धत भएको स्पष्ट भएको बताएका छन् । विज्ञप्तिमा नागरिकका आवाज बोल्ने संसद जस्तो गरिमामय सभालाई अल्पमतमा रहेको सरकारले बन्धक बनाउन खोजी प्रदेशको नीति तथा कार्यक्रम र बजेट अध्यादेशमार्फत ल्याउनका लागि गरिएको यो गलत कदम प्रति नेपाली काँग्रेस संसदीय दल कोशी प्रदेश घोर भर्त्र्सना गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर