खाँदबारी नगरपालिकाका वार्ड सिमाना हेरफेर गर्न कोशी सरकारको सिफारिस, यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय – Nepal Press

खाँदबारी नगरपालिकाका वार्ड सिमाना हेरफेर गर्न कोशी सरकारको सिफारिस, यी हुन् मन्त्रिपरिषद्का ७ निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले संखुवासभाको खाँदबारी नगरपालिका वडा नम्बर ८ को सिमाना हेरफेर गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषदको बैठकले वडा नम्बर ८ को खोरण्डेलाई वडा नम्बर १ मा मिसाउनका लागि सिफारिस गरेको हो । खोरण्डेमा बस्ने राई समुदायको रहन सहन नमिलेका कारण स्थानीयको मागको आधारमा ६ महिना अघि खाँदबारी नगरपालिका कार्यपालिका बैठकले सिमाना हेरफेर गर्न प्रदेश सरकारलाई सिफारीस गरेको थियो ।

८ नम्बर वडामा नौ दस घर लोहरुङ्ग राई रहेको र १ नम्बर वडामा धेरै लोहरुङ्ग राईहरुको बसोबास रहेकाले उनीहरुको सहजतका लागि वडाको सिमाना हेरफेर गर्न सिफारिस गरिएको हो ।

खाँदबारीका नगरपालिकाका मेयर महेश थपलियाले वडा नम्बर ८ मा रहेका राई परिवारको सबै क्षेत्रमा सहभागिता होस भन्नका लागि सिमाना हेरफेरका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको बताए ।

उनले भने, ‘८ नम्बर वडामा अल्पसङ्ख्यक हूँदा उनीहरुको सहभागिता हुन सकेन सवै क्षेत्रमा सहभागिता होस भन्नका लागि सिमाना हेरफेर गरिएको हो ।’

यस्तै, आज बसेको कोशी प्रदेश मन्त्री परिषद बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ (पहिलो संसोधन) अध्यादेश, २०८० लार्ई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेका छ ।

यस्तै, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको सरकार प्रवत्ता भक्ति सिटौलाले जानकारी दिए । यस्तै, कोशी प्रदेश विद्युतीय शासन रणनीति तथा मार्गचित्र २०८० स्वीकृत गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले गरेको छ ।

बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको म्याद थप गर्ने,प्रदेश सहयोग कार्यक्रमको सम्बन्धमा नेपाल सरकार र स्वीस सरकारबीच द्धिपक्षीय सम्झौता नवीकरणको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई पत्रचार गर्ने, प्रदेशस्तरीय आयोजना छनौट तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८० र प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर