महानगरले लगायो आरके स्वीट्समा ताला (भिडिओ) – Nepal Press

महानगरले लगायो आरके स्वीट्समा ताला (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आरके स्वीट्सले जमिन मुनिको तलामा पसल सञ्चालन गरेको भन्दै ताला लगाएको छ ।

महानगरका सूचना अधिकारी बसन्त आचार्याले जमिन मुनिको तलामा कि त पार्किङ गर्नुपर्ने कि त गोदाम राख्नुपर्ने भएपनि सोही ठाउँमा मिठाइ पसल सञ्चालन गरेकाले ताला लगाएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘त्यस्तो ठाउँमा मानिसहरुलाई राखेर ख्वाउँदा सफोकेसन हुन्छ । हामीले पहिलेदेखि नै हटाउँन भनेका थियौ । केही समय ताला लगाएर फेरि खोलेको पाइयो ।’

भिडिओ:

तर महानगर प्रहरीले सो स्वीट्सको किचन फोहोर भएको भन्दै सञ्चालकलाई जनताको स्वास्थयसँग नखेल्न भनेको बताइन्छ ।
स्टोर छ भने स्टोर प्रयोग गर्ने, गोदाम प्रयोग गर्ने, तपाईंको किचन हेर्नुस् त मान्छे जनावर हो र त्यस्तो फेहोर खानलाई भन्दै सञ्चालकलाई नगर प्रहरीले सम्झाएको थियो ।

तर सञ्चालकले कसैको सम्पति नभइ व्यक्तिगत सम्पत्ति भएको भन्दै प्रहरीलाई जवाफ फर्काएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *