अवैध आप्रवासीलाई बेलायतमा कडाइ – Nepal Press

अवैध आप्रवासीलाई बेलायतमा कडाइ

लन्डन । बेलायतले अवैध आप्रवासीलाई रोक्न कडा तरिका अपनाउने भएको छ ।

जसअनुसार प्रधानमन्त्री ऋषि सुनकले सोमबार बेलायतको तटमा आउने अवैध आप्रवासीलाई जहाजमा राखिने योजनामा युद्धस्तरमा काम भइरहेको जनाएका छन् । उनका अनुसार करदाताको पैसाबाट चल्ने होटलको दबाब कम गर्न अवैध आप्रवासीलाई पानी जहाजमा राख्ने घोषणा गरेका हुन ।

त्यसका लागि केन्टिसको तटीय सहर डोभरमा एउटा जहाज महिनाको अन्त्यसम्ममा तयार हुने प्रधानमन्त्री सुनकले बताए। साथै, अन्य दुईवटा जहाज पनि निर्माण हुनेछन् । यसमा लगभग १००० अवैध आप्रवासीलाई राख्न सकिनेछ ।

अवैध आप्रवासी रोक्ने विधेयक संसदबाट पारित भएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूलाई अब जहाजमा राखिने जानकारी दिएका हुन । उनका अनुसार अब बेलायती सरकारलाई गैरकानूनी रूपमा देशमा आउनेलाई थुन्ने र देश निकाला गर्ने अधिकारसमेत पाएको छ । ‘म प्रतिज्ञा गर्छु कि हामी अवैध आप्रवासीहरूलाई होटलबाट बाहिर निकाल्नेछौँ, त्यस्ता व्यक्तिहरूलाई सैन्य प्रतिष्ठानसहित दुई वैकल्पिक स्थानमा राखिनेछ’ उनले भने ।

सुनकले स्थानीय समुदायको दबाब कम गर्न पानीजहाजमा मानिसलाई राख्न खोजिएको स्पष्टीकरण दिएका छन् । उनका अनुसार जसका लागि पहिलो पानी जहाज चाँडै पोर्टल्यान्डमा उत्रदैँछ भने थप दुईवटा जहाजहरू पनि चाँडै त्यसका लागि प्रयोग ल्याइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर