आरोपितका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित एक सयभन्दा बढी वकिल – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

आरोपितका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित एक सयभन्दा बढी वकिल

काठमाडौं। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस भइरहेको छ । अहिले पीडितका तर्फबाट जिल्ला सरकारी वकिलहरुले बहस गर्दैछन् ।

सरकारी वकिललाई बहस गर्न मंगलबारसम्मको समय दिइएको छ । बुधबारदेखि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ र उनीहरुले अर्को मंगलबारसम्म बहस गर्नेछन् ।

सोमबार दिउँसोसम्म जम्मा दुई जना सरकारी वकिलले बहस गरेका छन् । आठ जना सरकारी वकिलले बहस गर्ने तयारी गरेकामा सुरुका दुई जनाले सबै प्रतिवादीविरुद्ध बहस गरेका हुन् । बाँकी ६ जनाले प्रतिवादी छुट्याएर बहस गर्ने तयारी छ ।

सोमबार दिउँसोसम्म १८ जना प्रतिवादीका पक्षमा बहस गर्न एक सयभन्दा बढी कानून व्यवसायीले नाम टिपाएका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा सबैभन्दा बढी २८ जना कानून व्यवसायीले बहस गर्न वकालतनामा भरेका छन् ।

खाणका तर्फबाट प्रा‌.डा. नृसिंहकुमार कार्कीसँगै पूर्वमहान्यायाधिवक्ता खम्बबहादुर खाती, नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का, पूर्वमहासचिव रमण श्रेष्ठले बहस गर्दैछन् । त्यस्तै मंगलसुन्दर शिल्पकार, जनकराज श्रेष्ठ, जितेन्द्रबहादुर पाण्डे, अनु भट्टराई, शंकरबहादुर केसी, निरुजा चापागाईं, केशरमणि अर्याल, अञ्जु रेग्मी अर्याल, देवबहादुर महत, विश्वनाथ खनाल, हरिहर दाहाल, महादेव यादवले बहस गर्दैछन् ।

खाणको पक्षबाट बहस गर्न एगराज पोखरेल, सुरेन्द्र महतो, पंकज कर्ण, ललितबहादुर बस्नेत, योगेन्द्रबहादुर अधिकारी, धर्मराज खनाल, मनिराम उपाध्याय, चित्रबहादुर केसी, अनिता शर्मा, पुरुषोत्तम अधिकारी र सन्तोष भण्डारीको पनि वकालतनामा परेको छ ।

भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पक्षमा बहस गर्न १५ जना कानून व्यवसायीले वकालतनामा भरेका छन् । श्यामबाबु केसी, प्रतिमा भट्टराई, प्रकाश भुजेल, डोरविक्रम थापा, शम्भेश्वर कडरिया, पुरुषोत्तम अर्याल, शंखकुमार सुवाल, शान्ता थापा, डा. राजेन्द्र घिमिरे, अनिलकुमार लाल, प्रेमराज सुवेदी, हिरा कार्की, बुद्धि खरेल, राजेन्द्र पोखरेल र पाराश्वर खरेलले रिजालको पक्षमा बहस गर्दैछन् ।

राम घिमिरे, ईश्वरी पाण्डे, जगत जोशी, रमण श्रेष्ठ र गणेश रेग्मीसहित ५ जनाले सचिव टेकनारायण पाण्डेको पक्षमा बहस गर्न वकालतनामा भरेका छन् ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीको पक्षमा बहस पूर्वमहान्यायाधिवक्ता रमेश बडालसहित १० जनाले वकालतनामा भरेका छन् । धर्मराज जोशी, रामचन्द्र सुवेदी, सुशील पन्त, पर्शुराम कोइराला, शोभादेवी पौडेल, ज्ञानेश्वर पराजुली, पुष्पराज पौडेल, आकृति रायमाझी र करुणाकर मल्लिकले रायमाझीको पक्षमा बहस गर्दैछन् । रायमाझीका छोरा सन्दीपको पक्षमा बहस गर्न ४ जनाको वकालतनामा परेको छ ।

केशव दुलालको पक्षमा ६, सन्देश शर्माको पक्षमा ७, इन्द्रजीत राईको पक्षमा ४, आङटावा शेर्पाको पक्षमा २, गोविन्द चौधरीको पक्षमा ३, हरिभक्त महर्जनको पक्षमा २, शमशेर मियाको पक्षमा १, नरेन्द्र केसीको पक्षमा ३, लक्ष्मी महर्जनको पक्षमा १, टंककुमार गुरुङको पक्षमा ३, सानु भण्डारीको पक्षमा २, सागर राईको पक्षमा ५ र रामशरण केसीको पक्षमा बहस गर्न ३ जना कानून व्यवसायीले वकालनामा भरेका छन् ।

काठमाडौं जिल्ला सरकारी वकिलले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया

One thought on “आरोपितका पक्षमा बहस गर्दै पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्षसहित एक सयभन्दा बढी वकिल

  1. यि वोकिल भनौदाहरुले आफ्नो चर्चा कमाउन भ्रष्टाचारीको पक्षमा वाकलत गर्ने यि पनि भ्रष्टाचारी नै हुन।यिनिहरु लाई नि जेल कोच्नु पर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर