रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा, कति पर्छ मूल्य ? – Nepal Press

रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा, कति पर्छ मूल्य ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘रेड्मी नोट १२ फाइभजी’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नोट १२ फाइभजी कनेक्टटीभीटिको साथ प्रयोगकर्ताले फोनको उच्च गतिको साथमा सहज ब्राउजिङ, स्ट्रिमिङ, र डाउनलोडिङ अनुभव लिन सक्ने जनाइएको छ ।

स्मार्टफोनमा १२० ‘एचजेड एमोल्ड’ को उच्च रिफ्रेस रेट डिस्प्ले, ६.६७ डिस्प्लेले वाइड कलर गामट, रिडिङ मोड, नेटफिलिक्स एचडी र थप कुरालाई समर्थन गर्ने र इमर्सिभ दृश्य अनुभव प्रदान गर्नेछ ।

यस्तै, डुअल ५ जी सिम कार्ड समर्थनको साथमा ८ जीबी सम्मको र्याम र २५६ जीबी भण्डारण तथा उच्च ग्राफिक मोबाइल गेमहरू खेल्न सजिलो, ३३ वाट फस्ट चार्जिङको साथ लामो समयसम्म चल्ने ५ हजार एमएच ब्याट्री, ट्रिपल क्यामेरा सेटअप तथा स्लीक डिजाइन रहेको छ । जहाँ अल्ट्रा–वाइड र म्याक्रो क्यामेरा लेन्सहरू सहितको ४८ एपी ट्रिपल क्यामेरा सेटअपसँग बजारमा उपलब्ध रहेको छ ।

हाल बजारमा रेड्मी नोट १२ ५ जी २९ हजार ९९९ र ३१ हजार ९९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट १२ ५जी नेपालभरका सबै अधिकृत मि स्टोरहरू र शाओमीका अधिकृत रिटेलरमा जेठ २८ देखि उपलब्ध हुने कम्पनीले खुलाएको छ ।


प्रतिक्रिया

One thought on “रेड्मी नोट १२ फाइभजी नेपाली बजारमा, कति पर्छ मूल्य ?

  1. म साट्न चाहन्छु तर कहा जानु पर्छ साट्न लाइ ? कृपया सुर्खेत को लागि कहा देखि साट्न सकिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर