दलित समुदायमाथिको विभेद अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री श्रेष्ठ (भिडिओ) – Nepal Press

दलित समुदायमाथिको विभेद अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री श्रेष्ठ (भिडिओ)

काठमाडौं । अझै पनि दलित समुदायमाथि जातीय छुवाछुतका घटना हुनु लज्जाको विषय भएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।

शनिवारदेखि काठमाडौंमा सुरु भएको स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले दलित समुदायमाथि जातीय शोषण मात्र नभएर वर्गीय शोषण पनि भइरहेको बताए ।

दलित समुदाय स्वभाविक रूपमा दलित समुदायको मुक्तिका लागि लोकतान्त्रिक गणतन्त्र स्थापना भएको भन्दै दलित समुदायको योगदान विना आजको दिनको कल्पनासमेत गर्न नसकिने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

नेपालको संविधानको धारा १८, २४ र ४० मा संविधानले दलित समुदायलाई सम्बोधन गरेको भए पनि कार्यान्वयन नभएको बताए ।

अहिलेको सरकारले दुई वटा विषयलाई प्रमुख महत्त्व दिएर काम गरेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले दलित समुदायमाथिको भेदभाव र महिलामाथि भइरहेको हिंसा सरकारको पहिलो प्राथमिकता रहेको जानकारी गराए ।

नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष पुगेको भए पनि अझै विभेद कायम रहेको बताए । कहिलेकाहीँ पिडादायी विस्फोटकका रूपमा देखा पर्ने गरेको उपप्रधानमन्त्री श्रेष्ठको भनाई छ ।

जातीय छुवाछुत सामाजिक अपराधको रूपमा कानूनी रूपमा सम्बोधन भइसकेकाले सरकार त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर