सांसद विकास कोष ब्युँताइएको बारे अर्थमन्त्रीको स्पष्टीकरण- व्यक्तिगत रूपमा दिइएको विश्लेषण नगरिदिनुहोला (भिडिओ) – Nepal Press

सांसद विकास कोष ब्युँताइएको बारे अर्थमन्त्रीको स्पष्टीकरण- व्यक्तिगत रूपमा दिइएको विश्लेषण नगरिदिनुहोला (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सांसद विकास कोष कुनै एक व्यक्तिलाई नभई निर्वाचन क्षेत्रको विकासका लागि दिइएको स्पष्ट पारेका छन् ।

आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री महतले एक निर्वाचन क्षेत्र ५ करोड रुपैयाँ दिने बताएका थिए । व्यापक विवादित सांसद विकास कोष ब्युँताइएको भन्दै यसको विरोध भइरहेको छ ।

मङ्गलवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले भने, ‘हाम्रो बजेटमा विदेशी सहयोगको निश्चित ठाउँमा खर्च हुन्छ । कतिपय ठाउँमा छुटिरहेको हुन्छ । १६५ निर्वाचन क्षेत्रमै केही न केही जाओस् भन्ने मनसायले यो व्यवस्था गरिएको हो । यसमा संसद्ले सिफारिस मात्र गर्ने हो । जाने त त्यही जनतामै हो ।’

यसमा संसद्ले १ करोड भन्दा कमका आयोजना सिफारिस गर्न पाउने छैनन् । एक निर्वाचन क्षेत्र बढीमा ५ आयोजना सिफारिस हुनेछ ।

सरकारले ब्युँताएको सांसद विकास कोषमा राज्यको ८ अर्ब २५ करोड रुपैयाँ खर्च हुनेछ ।


प्रतिक्रिया

One thought on “सांसद विकास कोष ब्युँताइएको बारे अर्थमन्त्रीको स्पष्टीकरण- व्यक्तिगत रूपमा दिइएको विश्लेषण नगरिदिनुहोला (भिडिओ)

  1. अहिले माननिय अर्थमन्त्रीज्यूको भनाइमा सांसद विकास कोष वास्तवमा निर्वाचन क्षेत्रको विकासका लागि हो भने किन निर्वाचन क्षेत्र विकास कोष (सांसदको सिफारिसमा) भन्ने वाक्यांश राख्न सकिदैन थियो र ? हरेक कुरामा लिखितम एउटा कार्यान्वयन अर्काे । किन यसो गर्नु पर्यो ? पारदर्शिता भन्ने सानो अंश पनि यो सरकारमा देख्न नसक्नु विडम्बना नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर