भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई वामदेव गौतमका चार सुझाव – Nepal Press

भारत भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई वामदेव गौतमका चार सुझाव

काठमाडौं । राष्ट्रिय सभा सांसद वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे भारत भ्रमणलाई लिएर चारबुँदे सुझाव दिएका छन् ।

राष्ट्रिय सभाको बैठकमा गौतमले प्रधानमन्त्रीलाई नेपाल एकातिर अजिंगर र अर्काेतिर सिंहकाे बीचमा भएको भन्दै बचेर आउन भनेका छन् । त्यस्तै, ईपीजी लागू गर्न र कालापानी अतिक्रमण गरेर भारतीय सुक्षा फौज हटाउन सहमति गराउन पनि वामदेवले प्रधानमन्त्रीलाई भनेका छन् ।

लिम्पियाधुरा त्रिदेशीय नेपाल, चीन र भारतबीचको सीमाबिन्दु भएको भन्नेमा भारत र चीनलाई सहमत नराउँदासम्म पञ्चेश्वर जलविद्युत परियोजना नेपालको पक्षमा नहुने भएकाले यसमा नेपालको संलग्नता नजनाउन पनि प्रचण्डलाई गौतमले सल्लाह दिएका छन् ।

त्यस्तै, नेपालका ठूला उद्योगपति र सबै धनपतिहरुले मिलेमतोमा लाखौको धीत्तो राखेर खर्बौं रुपैयाँ नेपाली बैंकहरुबाट लगेका र देशभित्र र बाहिर लगानी गरेर कालो धन कमाइ गरेकको उल्लेख गर्दै गौतमले अहिले बैंकहरुसँग लगानीका निम्ति पैसा नभएको भन्दै यस्ता कारोबारमा पनि जाँच गर्न गौतमले सुझाव दिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर