अमरेशकुमार भन्छन्- संसदमा उठेको विषय बाहिर सहमति गरेर हटाउन पाइँदैन (भिडिओ) – Nepal Press

अमरेशकुमार भन्छन्- संसदमा उठेको विषय बाहिर सहमति गरेर हटाउन पाइँदैन (भिडिओ)

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्को गरिमा राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र सांसदले धानेको जिकिर गरेका छन्।

संसद्को संयुक्त बैठकमा बोल्दै उनले अहिले पनि कर्मकाण्डी रूपमा देश चलाउँछु भन्ने मानसिकता भएको टिप्पणी गरे।

उनले भने, ‘अब जनता चनाखो भइसके। अब जनताले हरेक कुराको मूल्यांकन गर्न सक्छन्। संसद्का समितिमा दलहरू कुनै पनि विषयमा बोल्न नसक्ने। धन्न संसद् भवन स्वतन्त्र सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न विषयमा बोलेको कारण संसद्को गरिमा बढेको छ।’

संसदमा उठेको कुरा बाहिर शीर्ष नेताहरूको बाहिर सहमति गरेर हटाएकोप्रति आपत्ति जनाए।

उनले भने, ‘संसदभित्रको कुरा बाहिर सिंहदबारमा सहमति हुन्छ। अनि यहाँ संसद्को रेकर्डबाट हटाइन्छ। यो संसद्को प्रतिनिधि हामी बन्न खोजेको होइनौँ। जनताले पनि खोजेको होइन। जे कुरा संसदमा उठ्छ त्यो यही समाधान हुनुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर