जनप्रतिनिधिलाई ओलीको निर्देशन- आगामी निर्वाचनमा ५१ प्रतिशतभन्दा धेरै सीट जित्नुपर्छ, काममा लाग्नुस् – Nepal Press

जनप्रतिनिधिलाई ओलीको निर्देशन- आगामी निर्वाचनमा ५१ प्रतिशतभन्दा धेरै सीट जित्नुपर्छ, काममा लाग्नुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका पार्टीका जनप्रतिनिधिलाई २०८४ को निर्वाचनलाई लक्षित गरेर काम गर्न निर्देशन दिएका छन् ।

पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै आफूले गरेको कामको प्रचार गर्न निर्देश गरे ।

उनले भने, ‘कसैले सानो चित्त नराखी राम्रा कामको प्रचार गर्नुस्। पार्टीलाई नमान्ने नटेर्ने कुरा जनप्रतिनिधिहरुले गर्न हुँदैन । पार्टील परामर्श राम्रैका लागि दिन्छ । त्यसैले, ०८४ को चुनावमा हरेक ठाउँमा ५१ प्रतिशतभन्दा बढी एमाले हुनुपर्छ । वडा, टोलमा होस् वा भोट र सिटमा, हरेक ठाउँमा एमालेको बहुमत चाहिन्छ ।’

उनले वडा सदस्य, वडाध्यक्ष, पालिका अध्यक्षदेखि सांसदसम्म सबै एमालेले जित्नुपर्नेगरी लाग्न निर्देशन गरे । जनप्रतिनिधि भएपछि जनतासँगको व्यवहार, उत्तरदायित्व र देशप्रति बफादार निष्ठापूर्वक काम गर्न निर्देशद दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर