भारतमा संसद भवन उद्घाटनलाई लिएर विवाद, समारोह बहिष्कार गर्ने प्रतिपक्षको घोषणा – Nepal Press

भारतमा संसद भवन उद्घाटनलाई लिएर विवाद, समारोह बहिष्कार गर्ने प्रतिपक्षको घोषणा

काठमाडौं । भारतमा नयाँ संसद भवन उद्घाटनको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

राष्ट्रपति द्रौपदी मुर्मीलाई भवनको उद्घाटन गर्न नदिई प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सो भवनको उद्घाटन गर्नु संविधान विपरित रहेको भन्दै प्रमुख प्रतिपक्ष भारतीय कांग्रेससहित अन्य २० दलले समारोह बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

देशको प्रथम व्यक्तिको रुपमा राष्ट्रपति रहने भएको हुँदा भवनको उद्घाटन राष्ट्रपतिलेनै गर्नुपर्ने प्रतिपक्षको भनाई रहेको छ ।

यस सन्र्दभमा अधिवक्ता जया सुकिनले गत बिहीवार अदालतमा प्रधानमन्त्रीद्वारा भवनको उद्घाटन गराउने संसद सचिवालयको निर्णय विरुद्ध निवेदन समेत दर्ता गराएकी थिइन् तर उक्त निवेदनलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

यता सत्तारुढ भाजपासहित अन्य २५ वटा राजनैतिक पार्टी भने उद्घाटन समारोहमा उपस्थित हुने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *