एमालेको विरोधपछि माओवादीको जवाफ- संसदमा आफ्नो कुरा राख्न पाइन्छ (भिडिओ) – Nepal Press

एमालेको विरोधपछि माओवादीको जवाफ- संसदमा आफ्नो कुरा राख्न पाइन्छ (भिडिओ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि नेकपा माओवादी केन्द्रले संसदलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सार्वभौम संसदमा सबैले आ-आफ्नो कुरा राख्न पाइने बताए ।

उनले भने, ‘भ्रष्टाचार भइरहेको विषयलाई छानबिन गर्नुपर्ने हुन्छ । सरकारले आफ्नो कुरा राख्छ । आज प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ । उहाँले आफ्नो कुरा राख्नुहुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित माओवादी सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरीमा भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेले संसद अवरोध गरेका छन् । बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।


प्रतिक्रिया

One thought on “एमालेको विरोधपछि माओवादीको जवाफ- संसदमा आफ्नो कुरा राख्न पाइन्छ (भिडिओ)

  1. कुरा राख्न पाईन्छ भनेर ल कसैले दाहाल भारतको र को नेपाल एजेण्ट हो भनेर भन्ने ? नारायणकाजी जलविद्युतका शेयर चप्काउने हो भन्ने ? अनि यो सिन्धुलीको दाहालले पैसा चोरेर चुनावमा भोट किनेर जितेको भन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर