पलकी फ्यान सनिसा, उनैसँग एकैपटक चार भिडिओ गर्दै – Nepal Press

पलकी फ्यान सनिसा, उनैसँग एकैपटक चार भिडिओ गर्दै

काठमाडौं । कारागारबाट निस्किएलगत्तै नायक पल शाहले म्युजिक भिडिओमार्फत सिने नगरीमा कमब्याक गरे । उनी कारागार भित्रै रहँदा केही चलचित्रको स्क्रिप्ट पढिरहेको समाचारहरु आए तापनि अहिले उनले चलचित्र गर्नेबारे केही खबर आएको छैन ।

उनले पहिलो चलचित्र कसको गर्लान् ? कोसँग गर्लान् ?, कहिल्यै गर्लान् ? भन्नेबारे धेरैको कौतुहल छ । यहीँ कौतुहल पलका दर्शक र शुभचिन्तकमा उनी कारागारबाट निस्किएपछि पनि थियो ।

उनी निस्किएपछि सिने नगरीमा कहिल्यै फर्केलान वा पहिलो काम के गर्लान भन्नेमा धेरैको चासो थियो । कारागारबाट बाहिरिएपछि उनले सबैको कौतुहल मेटिदिए । केही दिन आराम गरेर उनी काममा फर्किहाले । कसको काम सुरुमा गर्लान भन्ने कौतुहललाई मेटाउँदै उनले पहिलो काम अरु कसैको नभई आफ्नै ब्यानरबाट गरे ।

आफ्नै निर्देशनमा म्युजिक भिडियो बनाएर आफ्नै युटउब च्यानलबाट सार्वजनिक गरे। भिडियोको छायाँकनको लागि मुस्ताङ पुगेका पलले पहिलो कोशेली स्वरुप ‘तिमीलाई हेर्ने बानी पर्यो’ निकाले। पलसँग पहिलो सहकार्य कसले गर्ला भन्ने कौतुहललाई पनि मेटाउँदै उनले भिडियोमा मोडल सनिशा भट्टराईलाई लिए ।

सनिशाले यसअघि केही म्युजिक भिडियोमा काम गरिसकेकी छन् । उनको अभिनय रहेको ‘ए होर माया’ बोलको गीत हिट छ । करोड क्लबमा रहेको उक्तँ गीत हेरेर नै पलले सनिशासँग काम गर्न रहर जागेको पत्रकार सम्मेलनमा बताएका छन् ।

उनले सनिशालाई ‘एक्सप्रेसन क्वीन’ को ट्यागसमेत दिए । कारागार भित्रै रहँदा सहकार्य गर्न मन लागेकाले आफ्नो पहिलो म्युजिक भिडियोमा सनिशालाई राखेको उनको भनाइ छ । सनिशाले पनि उनको तारिफ गर्दै आफू पलको फ्यान भएको बताईन। पलले गरेका हरेक कामहरु पहिल्यै देखि नै मन पर्ने उनको भनाई छ ।

उनले भनिन्, ‘म उहाँलाई पहिलेदेखि नै हेर्थेँ । मलाई उहाँले गर्नुभएको हरेक काम मनपर्छ । उहाँको हरेक चिज मनपर्छ। म त उहाँको फ्यान नै हो । उहाँको गीतसंगीत अनि उहाँको चलचित्रको फ्यान हो ।’

पहिलो चोटी गीतको लागि प्रस्ताव आउँदा पनि आफूले केही नसोची ओके भनेको उनको भनाइ छ । पलले सनिशासँग एकैचोटी चार म्युजिक भिडिओमा सहकार्य गरेका छन् । जसमध्ये दुई रिलिज भईसकेका छन भने दुई रिलिजको तयारीमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर