उज्वेकिस्तानलाई हराउँदै काजकिस्तान समूह विजेता – Nepal Press

उज्वेकिस्तानलाई हराउँदै काजकिस्तान समूह विजेता

काठमाडौं । रोमाञ्चक खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै काजकिस्तान समूह ‘बी’ को विजेता बनेको छ ।

जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप-२०२३ को सेमिफाइनलमा एक खेल अगावै प्रवेश गरेको काजकिस्तानले सेमिफाइनलमा अब समूह ए को उपविजेता टिमसँग खेल्नेछ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा पहिलो सेट २६-२४ ले गुमाएको काजकिस्तानले त्यसपछिका तीन सेटमा लगातार जित निकाल्दै समूह विजेता बन्यो ।

पहिलो सेट गुमाएको काजकिस्तानले दोस्रो सेट २५-१६, तेस्रो सेट २५-११र चौथो सेट २५-१८ ले पुनरागमन गर्याे ।

जितसँगै काजकिस्तानतीन खेलबाट नौ अंक जोडेर समूह विजेता बनेको हो । हारका बावजुद उज्वेकिस्तान पनि समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । यो समूहबाट श्रीलंका र माल्दिभ्स भने अन्तिम खेल बाँकी रहदै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

यसअघि काजकिस्तानले माल्दिभ्सलाई सोझो सेटमा र श्रीलंकालाई ३-१ को सेटमा हराएको थिए ।

उज्वेकिस्तानले यसअघि माल्दिभ्स र दोस्रो खेलमा श्रीलंकालाई समान ३-० को सोझो सेटमा हराएको थियो ।

समूह ए को शिर्ष स्थानका लागि केहिबेरमा नेपाल र भारत भिड्दैछन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर