ओलीलाई कांग्रेसको जवाफ- नीति तथा कार्यक्रम पुर्नलेखनको इतिहास छैन (भिडिओ) – Nepal Press

ओलीलाई कांग्रेसको जवाफ- नीति तथा कार्यक्रम पुर्नलेखनको इतिहास छैन (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम अहिलेसम्म पुर्नलेखन गर्ने प्रचलन नरहेको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम काम नलाग्ने रहेको भन्दै पुर्नलेखन गर्न सुझाव दिएपछि उनले यस्तो जवाफ दिएका हुन् ।

उनले भने, ‘यो नीति तथा कार्यक्रममा पूर्वप्रधानमन्त्रीले धेरै विचार राखिसक्नुभएको छ । मैले सुने यो काम लाग्दैन पुर्नलेखन गर्नुपर्‍यो भन्ने पनि सुने । हामीले २०७४ सालपछि बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौं । पूर्वअर्थमन्त्रीहरूले पेश गरेको बजेट पनि देखेका छौं । म स्मरण गराउन चाहन्छु तर इतिहासमा कतै पुनर्लेखन गरेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर