नीति तथा कार्यक्रम कागजको खोस्टा होइन, पोजेटिभ छ : माधव नेपाल (भिडिओ) – Nepal Press

नीति तथा कार्यक्रम कागजको खोस्टा होइन, पोजेटिभ छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको दाबी गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो नीति तथा कार्यक्रमले गन्तव्यहीन भएको भन्दै पुनर्लेखनको सुझाव दिइरहेका बेलामा अध्यक्ष नेपालले अहिलेको समस्यालाई समाधान गर्न सक्ने बताए ।

प्रतिनिधिसभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उनले भने, ‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ । सुझाव सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम पोजेटिभ छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’

अहिलेको देशमा देखिएको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर