महालक्ष्मी कर्पोरेट क्रिकेट जेठ २० गतेदेखि ३ दिन हुने – Nepal Press

महालक्ष्मी कर्पोरेट क्रिकेट जेठ २० गतेदेखि ३ दिन हुने

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला जेठ २० गतेदेखि ३ दिन आयोजना हुने भएको छ । महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २ मा १६ टिमको सहभागिता रहनेछ । गतवर्षको वार्षिकोत्सवबाट सुरु गरिएको लिग यसपटक पनि गर्न लागिएको बैंकले जनाएको छ । बैैंकले जेष्ठ २०, २१ र २२ गते लिग सञ्चालन गर्नेछ । महालक्ष्मी विकास बैंकले २९ औ वार्षिकोत्सव मनाइरहेको छ ।

यस अवसरमा बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गर्नुका साथै २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम, सम्पूर्ण कर्मचारीहरुको संस्कृति झल्काउने साँस्कृतिक कार्यक्रम, वित्तीय साक्षरता ¥यालीलगायत विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो ।

बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ । त्यस्तै शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा काठमाडौंमा र सम्पूर्ण प्रादेशिक कार्यालयहरुका (आठ वटा) विभिन्न स्थानहरुमा वित्तीय साक्षरताकाका लागि प्रभातफेरी कार्यक्रम गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देबकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर